नियम २२
नक्सा र स्रेस्ता अद्यावधिक गर्ने

(१) जग्गा नाप जाँच भई तयार भएको कित्ता नापी नक्सा र स्रेस्ता अद्यावधिक गर्ने काम सम्बन्धित नापी शाखाको हुनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कित्ता नापी नक्सा र स्रेस्ता बाहेकका अन्य नक्सा र स्रेस्ता अद्यावधिक गर्ने काम विभागको हुनेछ ।
(३) उपनियम (१) बमोजिम नक्सा र स्रेस्ता अद्यावधिक गर्दा नापी शाखाले देहाय बमोजिम गर्नु पर्नेछः–
(क) रजिष्ट्रेशन वा अन्य प्रक्रियाबाट जग्गाको स्वामित्व वा कित्ता परिवर्तन हुन गएमा सोको विवरण कित्ता स्रेस्ता र अनुसूची–१३ बमोजिमको कित्ता काट स्रेस्ता (प्लट रजिष्टर) मा समेत जनाउने,
(ख) कुनै जग्गाको प्राकृतिक प्रकोप वा अन्य कुनै कारणले किसिम परिवर्तन भएमा वा कुनै व्यक्ति वा संस्थाबाट जग्गाको किसिम
परिवर्तन गर्न अनुरोध भै आएमा र सो व्यहोरा मनासिव देखिएमा जग्गाको किसिम परिवर्तन गरी स्रेस्ता मिलान गर्न मालपोत कार्यालयमा पठाउने,
(ग) मालपोत कार्यालयबाट पारित लिखत वा अदालतको फैसला बमोजिम कित्ता काट गर्नु परेमा कित्ता काट गरी नक्सामा मसी
भर्न लगाई अद्यावधिक राख्ने,
(घ) नक्सामा कित्ता काट गर्दा वा मसी भर्दा गल्तीहुन गएको देखिएमा सम्बन्धित मालपोत कार्यालयस“ग बुझी लिखत बमोजिम आवश्यक सुधार गरी सोको जानकारी सम्बन्धित जग्गाधनी र मालपोत कार्यालयलाई दिने,
(ङ) एकै ठाउ“मा जोडिएका एकै जग्गाधनीको दुई वा दुई भन्दा बढी कित्ता जग्गालाई एउटै कित्तामा मिलान गर्न सम्बन्धित जग्गाधनीले निवेदन दिएमा सम्बन्धित मालपोत कार्यालयस“ग बुझी एउटै कित्ता कायम गरी कार्यायको कित्ता स्रेस्तामा जनाई स्रेस्ता मिलान गर्न मालपोत कार्यालयमा लेखी पठाउने,
(च) क्षेत्रीय कितावमा दर्ता बाँकी रहेका जग्गा प्रचलित कानुन बमोजिम दर्ता भई जानकारी प्राप्त हुन आए वमोजिम सोको विवरण क्षेत्रीय किताब र कित्ता स्रेस्ताको कैफियत महलमा जनाउने,
(छ) स–साना कित्ता जग्गाहरू नक्सामा उल्लिखित मान नाप अनुसार स्पष्ट देखाउन नसकिने अवस्थामा सो भन्दा ठूलो मान नापमा
फाइल नक्सा तयार पारी नक्सामा चिन्ह दिई स्रेस्ता किताबमा सोको विवरणहरू खुलाई बेग्लै फाइलमा राख्ने,
स्पष्टीकरण ः यस खण्डको प्रयोजनको लागि “फाईल नक्सा” भन्नाले मौजुदा नक्सामा स्पष्ट देखाउन नसकिने स–साना कित्ताहरूलाई स्पष्ट देखाउन मौजुदा वा सो भन्दा ठूलो मान नापमा तयार पारिएको बेग्लै फाइल नक्सा सम्झनु पर्छ ।
(ज) महानिर्देशकले तोकेको क्षेत्रमा सम्बन्धित जग्गावाला, सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिकाका प्रतिनिधि, उपस्थित
संधियारहरू समेतलाई रोहवरमा राखी छुट्याइएको सिमाना अनुसार सीमा चिन्ह खडा गर्न लगाई प्रत्येक कित्ताको वेग्लावेग्लै नाप सहितको कित्ता नक्सा तयार गर्ने,
(झ) दुई कित्ताको बीचको सा“ध सिमाना बा·ोटि·ो भई सरल ज्यामितीय आकारमा मिलाउन दुबै स“धियारबाट माग भएमा क्षेत्र˚ल ˚रक नपर्ने गरी मिलाउने ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नापी गोश्वाराले नाप जा“च गरी स्रेस्ता हस्तान्तरण नगरेको अवस्थामा नक्सा स्रेस्ता अद्यावधिक गर्ने काम नापी गोश्वाराबाट हुनेछ ।